२०८२ भाद्र ६ | Aug 22, 2025

‘सात प्रतिशत एसबिआई बैंक ऋणपत्र, २०९०’ मा ‘ओभरसब्सक्राइभ’

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ४

ललितपुर । नेपाल एसबिआई बैंकले ‘सात प्रतिशत एसबिआई बैंक ऋणपत्र, २०९०’ को निष्काशन बन्द गरेको छ । बैंकले आजदेखि निष्काशन बन्द गरेको जनाएको छ ।

असार ३० गतेदेखि ऋणपत्र जारी भएकोमा ऋणपत्र चार गुणा बढीले ओभरसब्सक्राइभ भएको हो । प्रतिकित्ता एक हजार दरमा ३० लाख कित्ता अर्थात् तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको छ । १० वर्षे ऋणपत्रमा ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत सर्वसाधारणका निम्ति प्रस्ताव गरिएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि राखिएको छ । ऋणपत्रका लागि एक करोड २० लाख बढी आवेदन परेको बैंकको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले गत जेठमा ऋणपत्र निष्काशनका निम्ति एसबिआई बैंकलाई स्वीकृति दिएकोमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले बिक्री प्रबन्धकको जिम्मा पाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया