साथीलाई सम्बोधन (कविता)

 

 विदुर घिमिरे

मुटुदर्हो पार साथी

अध्यारोको यात्रा कठिन हुन्छ,

भोलि पक्कै बिहान हुन्छ,

कठिन यात्रामा योद्धा एक्लो हुन पनि सक्छ,

जब जात्रा हुन्छ बिजयको त्यो साच्चै

रंगिन हुन्छ साथी ।

 

खुट्टाहरु घाईते हुन पनि सक्छन,

हातहरु काप्न पनि सक्छन ,

तर योद्दाले मुटु कमाउनु हुदैन पनि,

जब नुहाईन्छ पसिनाले,

जब पुजा गरिन्छ कर्मलाई ,

त्यो साच्चै संगीन हुन्छ साथी ।।

 

लाल्टिन र च्याटीको मन्द प्रकाशलाई,

सुर्यको प्रकाशमा बदल्न सक्नुपर्छ ,

ताप र चाप सहन सक्नुपर्छ अगेनु झैँ ,

दु:खलाई सुखमा बदल,

पीरलाई तीरमा बदल,

तब पो जिन्दगी तङ्गिन हुन्छ साथी ।।।

 

क्रान्ति आशाको झिल्को बाट सम्भव छ,

र त्यो सत्यपनी हो,

अठोट, समर्पण , धैर्यता र मुस्कान ,

यी चीजलाई हतियार बनाउ साथी ,

मिल्ला सफलता/खुशी ढिलो चाडो ,

जब होली हुन्छ अबिरको त्यो साच्चै रङ्गिन

हुन्छ साथी ।।।

प्रकासित मिति २०७८–१–३० गते

फेसबुकबाट तपाईको प्रतिक्रिया