साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं १९ चैत्र २०८०

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

सोमबार सूचना प्रकाशन गरेर साना किसान कृषि सहकारीले आफ्नो स्वामित्वमा रहेको साना किसान लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्री राखिएको जनाएको छ । लगानीकर्ताले एनआईशी एशिया क्यापिटलको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू झापा, इटहरी, बर्दिवास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य ३३० रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार बोलकबोल पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने छ ।

आगामाी वैशाख २३ गतेसम्म बोलपत्र पेस गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया