२०८२ भाद्र ९ | Aug 25, 2025

सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुटको व्यवस्था

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ९

ललितपुर । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसंग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

यसैगरी बैंकले आप आफ्ना ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offersमा उपलब्ध हुने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement