२०८२ फाल्गुन ६ | Feb 18, 2026

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच नेशनल कार्ड स्विच अन्तर्गत नेपाल पे कार्ड नेटवर्कका लागि सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २९
|
1.3k views

ललितपुर । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्विच अन्तर्गत Domestic Card Scheme -NEPALPAY Card को प्रमुख सदस्यताको लागि सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रानुसार नेशनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो । 

सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया