२०८२ बैशाख १४
51 views

काठमाडौं । पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४१ जनामाथि मुद्दा चलाउने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबार बुझाएको प्रतिबेदनमा लामिछानेसहित ४१ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चलाउनु पर्ने राय दिइएको छ । लामिछने हाल रुपन्देही कारागारमा छन् ।
उनीविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारालगायत पाँचवटा सहकारी ठगीको मुद्दा अदालतमा विचाराधीन छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया