ललितपुर । सामसङ नेपालले ग्यालेक्सी Buds3 FE को आगमनको घोषणा गरेको छ– एक आकर्षक र बुद्धिमानी ट्रु–वायरलेस इयरबड्स, जसले फ्ल्यागसिप स्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्याउँछ। नवीनतम ग्यालेक्सी AI एकीकरण र आइकोनिक ‘ब्लेड’ डिजाइनसहित, Buds3 FE ले ग्यालेक्सी इकोसिस्टअन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको छ। यो उपकरण अहिले तपाईंको नजिकको सामसुङ स्टोरमा रु. १९,९९९ मा उपलब्ध छ। ग्यालेक्सी Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न डिजाइन गरिएको छ।
ठुलो स्पिकर, उन्नत Active Noise Cancelling (ANC), र क्रिस्टल क्लियर कल टेक्नोलोजी– जसले मेसिन लर्निङद्वारा श्वरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ– का साथ यी इयरबडहरूले गहिरो ध्वनि र स्पष्ट सञ्चार सुनिश्चित गर्छन्। ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका Buds3 FE ले Auto Switch समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरूबिच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ। साथै, एपरहित नियन्त्रण र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दासमेत तपाईं सधैँ जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सक्नुहुन्छ।
सामसङ नेपालका MX डिभिजनका डाइरेक्टर, प्रणय रत्न स्थापित भन्छन्, ‘ग्यालेक्सी Buds3 FE मार्फत हामी ग्यालेक्सी AI र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्याउँदैछौँ– आकर्षक डिजाइन र पहुँचयोग्य रूपमा। यो विनासम्झौता सुन्ने, अन्तर्क्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो।’ ग्यालेक्सी Buds3 FE अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छन्। साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI विकल्पसहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।














फेसबुकबाट तपाईको प्रतिक्रिया