आज सुनको मूल्य घट्दा चाँदीको बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २३
|
7.8k views

ललितपुर - ललितपुर । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँका दरले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमबार भने चाँदी ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube