२०८२ भाद्र ६ | Aug 22, 2025

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले गर्यो ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १३

ललितपुर । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सयुक्त पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीले ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ गठन गरि उनिहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८ गते कालो झन्डासहित देशभर विरोध गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । सवारी साधन घरग्यारेजमा थन्क्याएर १९ गतेदेखि देशभर अनिश्चितकालीन बन्दको घोषणा पनि व्यवसायीले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया