|
|
२०८२ जेष्ठ १९
204 views
ललितपुर । यातायात व्यवसायीहरूको सार्वजनिक सवारीसाधन नचलाउने निर्णयले यात्रुहरूलाई ठूलै सास्ती हुँदा व्यवसायी प्रति सर्वसाधारण नागरिकको गुनासो त छ नै यस बाहेक अघि पछिका दिनमा राइड सेयरिङहरु सेवा प्रति सकारात्मक बनेका नागरिकहरू उनीहरू प्रति पनि असन्तुष्ट देखिएका छन् ।
ललितपुर - राइड सेयरिङ सेवालाई निषेध गर्न खोजिएको ब्यवसायीहरुको प्रयास प्रति आलोचना गर्ने यात्रुहरूले आज राइड सेयरिङहरुले सर्वसाधारणलाई लुट्ने प्रयास गरेको र सरकारको कमजोर नियमनको समेत व्यापक आलोचना गरेका छन् ।
आज सडकमा सार्वजनिक सवारी साधन ठप्प थिए अघिपछि जस्तो सडकमा जाम थिएन । तर ठाउँ ठाउँमा राइड सेयरिङहरु यात्रुको प्रतीक्षामा लामबद्ध थिए । तर आज उनीहरू यात्रु सँग बार्गेनिङमा लागेपछि धेरैले असन्तुष्टि जनाएका छन् ।
सञ्चारकर्मी भिक्टर पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ‘म दिनमा एक न एक पटक इन्ड्राइभ पठाओ चढ्ने गर्छु र राइड राइड सेयरिङहरुले सधैँ कुरै कुरामा ‘यो नेताहरूले देश बिगारे, लुटे, जनतालाई ठगे’ भनेर फ्रस्टेसन पोखेको मात्रै देखिरहेको हुन्छु । तर आज म बालाजुबाट नक्साल जानको लागि गरेँ (पैसा पनि अलिकति बढाइ दिएँ) तर एक्सेप्ट भएन उल्टै धेरै जना अफलाइन गरौँ भन्दै आउनु भयो, अनि रेट नर्मल टाइमको भन्दा डबल, त्रिपल नै माग्नुभयो । अचम्म लाग्यो— ‘हिजो–अस्तिसम्म आदर्शको कुरा अनि नेतालाई गाली गर्नेहरूले आज यस्तो व्यवहार गरेको देख्दा र म पनि ढुक्क भएँ कि ‘यो देशमा हामी जनता नै ठिक छैनौँ, नपाउन्जेल आदर्शको कुरा गर्ने तर पाएपछि— ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो छुट ।’
यस्तै चलचित्र निर्माता अर्जुन कुमारले ‘आज राइड शेयर पठाओ इन्ड्राइभको हरकत देख्दा यिनीहरूलाई भाटे कारबाही गर्नु पर्ने देखियो, सबका सब चोर छन् । नो राइडशेयर ।’ लेखेर असन्तुष्टि र आक्रोश पोखेका छन् ।

बिजनेस पाटी