साल्ट ट्रेडिङ्गको लाभांश घोषणा
काठमाडौं २०८० पुष २६।
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया