२०८२ भाद्र १६ | Sep 01, 2025

साहित्यकार विजय चालिसेको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६
|
51 views

ललितपुर । वरिष्ठ साहित्यकार तथा प्रेस चौतारीका संस्थापक अध्यक्ष विजय चालिको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा आज विहान ९ बजे उनको निधन भएको हो ।

२००८ साल असार २२ गते जन्मिएका साहित्यकार चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।

चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्र उतिकै सक्रिय थिए । उनी गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक समेत थिए ।
उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement