सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरको बाँडफाँड

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र १
|
663 views

ललितपुर - काठमाण्डौ १ चैत्र २०८०
सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु फागुन ३० गते बुधबार बाँडफाँड भएको छ। निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल सहितको संयुक्त बाँडफाँड समितिले शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००÷– अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो । क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ता हकप्रद शेयर बाँडफाँड गरीएको छ । 

बिक्री नभएको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाममा आउने छ । 

 पात्रो/राशिफल  रेडियो YouTube