२०८२ जेष्ठ ७

ललितपुर। विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफलका लागि सिंहदरबारमा संसद्को शिक्षा समिति बैठक सुरू भएको छ । बुधबार दिउँसो सुरु भएको समितिको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफलका लागि बैठक बसेको हो ।
आजको बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल कार्यक्रम तय भएको छ । बैठकमा शिक्ष तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया