सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल

बिजनेसपाटी २ भाद्र ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज शुक्रबार बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनबीच राष्ट्रिय क्रिकेट टिमका उप—कप्तान ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि ज्ञानेन्द्र मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ज्ञानेन्द्र मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिक रूपमा घोषणा गरेका हुन् । नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले व्यक्त गरे । उहाँले बैंकको ब्रान्ड एम्बेसडरको अन्तर्रा्ष्ट्रिय र र्रा्ष्ट्रिय स्तरको खेलहरुमा थप सफलताको शुभकामना समेत व्यक्त गरे ।
यस बैंकले खेलाडीहरुको मनोवल उच्च राख्न विभिन्न समयमा अन्तर्रा्ष्ट्रिय र र्रा्ष्ट्रियस्तरका खेलाडीहरूलाई सहयोग गर्दै आएको छ । बैंकले आरम्भ देखि नै वार्षिक रूपमा टेनिस र गल्फ खेलको प्रतियोगिता संचालन गर्दै आएको छ । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उप —कप्तान ज्ञानेन्द्र मल्लले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेल प्रवर्धनको लागि देखाएको अग्रसरता प्रशंसायोग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पाेरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया