सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं २५ असार २०८१-

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल आषाढ २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि श्री ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो ।
नव नियुक्त संचालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ । वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गर्नु भएका श्री ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका श्री ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । श्री ज्ञवाली यस अघि पनि यस बैंकको संचालकमा रहिसक्नुभएको अनुभव समेत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षमा थप ३ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया