२०८२ फाल्गुन ६ | Feb 18, 2026

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २१
|
765 views

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रु. दुई लाख प्रदान गरेको छ । बैंकले आफ्नो १८औं बार्षिक उत्सव आँउदो बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।

बेबी लाईफ होममा हाल २७ जना एच .आई. भी संक्रमित बालबालिका आश्रित रहेका छन् । संस्था सञ्चालनका लागि केही सहजता होस भन्ने हेतुल बैंकले एक समारोहका बीच रू दुई लाखको चेक संस्थाका संचालक श्री राज कुमार पुन लाई हस्तान्तरण गरेको छ । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थोपचारमा खर्च गर्ने कुरा संस्थाका संचालक श्री राज कुमार पुनले जानकारी दिए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द ईयर २०२४” उपाधि प्राप्त गर्न सफल भएको यस बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया