|
|
२०८२ जेष्ठ २८
306 views
ललितपुर - ललितपुर । ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज (जेठ २८ गते बुधबार) लुम्बिनी प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र कर्णाली प्रदेशको भाइराम सामुदायिक वन, बिरेन्द्रनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशमा करिव १०५ विभिन्न प्रजातिका विरुवा र कर्णाली प्रदेशमा १०० भन्दा बढी विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

बिजनेस पाटी