सिटिजन्स बैकद्वारा विद्यालयलाई आर्थिक सहयोग

बिजनेसपाटी २७ श्रावण
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्रावण २४ गते कंचनपुरको श्री मालिका बाल विद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कंचनपुरको भीमदत्त नगरपालिका वडा नं २, भासीमा रहेको श्री मालिका बाल विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई रू ५१ हजार ६ सय ५० को चेक हस्तान्तरण गरे । उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई रू २६ हजार २ सय तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई रू२५ हजार ४ सय ५० को छात्रवृति प्रदान गरिने कुरा विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायले जानकारी दिए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगरका शाखा प्रबन्धक, नरेन्द्र चन्दले बैंकले प्रदान गरेको छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया