२०८२ आश्विन १६ | Oct 02, 2025

सिटिजन्स सदाबहार योजनाको इकाई खरिदका लागि आवेदन खुला

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १३
|
561 views

ललितपुर । सिटिजन्स क्यापिटलले शुक्रबार अर्थात् असार १३ गतेदेखि सामूहिक लगानी कोष सिटिजन्स सदाबहार योजनाको इकाई खरिदका लागि आवेदन खुल्ला गरेको छ । उक्त इकाई खरिदका लागि आजदेख आवेदन दिन सकिन्छ ।

सिटिजन्स क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५ करोड इकाईमध्ये बीच पूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नललाई सुरक्षित राखि बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणको निष्काशनमा ल्याएको हो । खुलामुखी प्रकृतिको यो योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ भने योजनाको कुल आकार ५० करोड रुपैयाँ रहेको छ।

आजदेखि खुला गरिएको यस योजनाको इकाईमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा समय थप गरी असार २७ गतेसम्म समय लम्ब्याइने क्यापिटलले जानकारी गराएको छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया