
ललितपुर । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक अन्तर्ग प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना इकाइ विक्री भइरहेको छ । संचालनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
असार १३ गतेदेखि २७ गतेसम्मका लागि बैंकिंङ समयसम्म अर्थात् साँझ ५ बजेसम्म विक्री खुल्ला गरिएको हो ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको रकम ५० करोडको एसआईपी समेत गर्न सकिने प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना सञ्चालनका लागि अनुमति पाएको हो ।
योजनाको इकाई खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा सि–आश्वा (ऋ(ब्क्द्यब्) सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिनेछ ।
यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई (अर्थात प्रति इकाई रु. १० को दरले न्यूनतम रकम रु. एक हजार र अधिकतम रकम रु. पाँच करोड सम्म) खरिद आवेदन दिन सकिने छ ।
यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १५.१०% हुने अनुमान गरिएको छ ।
यस्तै सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढिरहेको जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी हो । यस कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।
संस्थाको रजिष्ट्रर कार्यालय डिल्लीबजार स्थित बाटुलेघरमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया