२०८२ भाद्र ६ | Aug 22, 2025

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९



ललितपुर । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १९औँ वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले “रक्तदान जीवनदान–हामी सबैको योगदान” भन्ने नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

साथै १९ औ वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत पनि गरेको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेस्डर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।


सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानी सेवाको सुरुवात पनि गरेको छ । सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया