२०८२ श्रावण ४
51 views

ललितपुर। सिटी होटलले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । होटललाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ ।
सेबोनले होटललाई साउन ४ गते आइतबार चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँको एक करोड ३३ हजार ९२ लाख कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्ने भएको हो । सिटी होटलको हकप्रद बिक्री प्रबन्धकमा प्रभू क्यापिटल रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया