सिन्धुलीको एसबीआई बैंकबाट ३ करोड १० लाख नगद लुटियो, आरोपित ४ जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ३०
|
2.6k views

ललितपुर - ललितपुर । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ मा सञ्चालित एसबिआई बैंकको शाखामा एक बोलेरो गाडी सहित ३ करोड १० लाख नगद लुटिएको छ । लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घ्याङलेखक गाउँपालिकाको १ नम्बर वडाबाट संकास्पद चार जनालाई पक्राउ गरिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

मंगलबार साँझ लुटेराहरूको समूहले बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरी रु. ३ करोड १० लाख नगद लुटेका थिए । संकास्पद चारैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube