२०८२ श्रावण ९

ललितपुर। सिन्धुलीमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पिकअप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा राखेर लैजाँदै गरेका दुई जर्सी गाई पनि मरेको अवस्थामा फेला परेको छ । दुई गाई चोट लागेको अवस्थामा जीवित भेटिएको प्रहरीले जनाएको छ ।
गाडीमा चारवटा गाई राखेर भक्तपुरबाट झापातर्फ लगिदै थियो । बा.प्र.०१–०२४ च ९९१३ नम्बरको योद्धा पिकअप शुक्रबार (साउन ९) बिहान करिब १२ः५० बजे सुनकोसी गाउँपालिका–६, शीतलपाटीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया