ललितपुर - सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाको आयोजनामा हिजो अर्थात् मंगलबारबाट जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरेका थिए।
सिन्धुली जिल्लामा यसरी जुनार मेला लागेको यो पहिलो पटक हो । जुनारको खानी मानिने सिन्धुलीमा तीन दिनसम्म यो मेला चल्ने छ । जिल्लाको गोलन्जोर गाउँपालिका–४ माझ कुभिन्डेमा सुरु भएको जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइएको छ।
यसैगरी, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालका अनुसार सिन्धुली जिल्लाको पहिचान र गोलन्जोर गाउँपालिकाको गौरवका रूपमा रहेको जुनार सहज रुपपमा बजारसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको बताए।

बिजनेस पाटी