२०८२ आश्विन १६ | Oct 02, 2025

सीमित कर्मचारीबाट अत्यावश्यक बैकिङ सेवा दिन राष्ट्र बैंकको अनुरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
1.5k views

ललितपुर । नेपाल राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्नो संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा शुरु गर्न अनुरोध गरेको छ ।

विहीबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सम्पूर्ण इजाजत प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सम्बन्धी कार्य गर्ने सस्थाहरुलाई जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनेको छ । केन्द्रीय बैंकले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्ना वेवसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया