सुनको मुल्य हवात्तै घट्यो

काठमाण्डौ २२ साउन २०८१

मंगलबार सुनको मूल्य घटेको छ । सोमबार एतिहासिक उचाईमा पुगेको सुनको मूल्य एकैदिन उच्च दरले घटेको हो। सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयामा कारोबार भएको सुन मंगलबार तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो । यसदिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ७०० कारोबार भइरहेको छ । यो दिन चाँदीको मूल्य भने केही घटेको छ । सोमबार प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २६ हजार ६३० रुपैयाँ तोकेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४७९ रुपैयाँ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया