२०८२ जेष्ठ २९

ललितपुर । नेपाली बजारमा विहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । बुधबार सुन तोलामा एक हजार ३०० ले बढेको थियो । पछिल्ला दुई दिन देखि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार विहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो । विहीबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया