२०८२ भाद्र १६ | Sep 01, 2025

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आजको मूल्य २ लाख ५ भन्दा माथि

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १६
|
3.1k views

ललितपुर । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आज पनि सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै उच्च बिन्दूमा पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा भने छापावाला सुन प्रतितोला २ लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा चाँदी दुई हजार ४७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि चाँदीको मूल्य पनि रेकर्ड बनाउदै बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement