२०८२ भाद्र १८
4.9k views

ललितपुर। नेपाली बजारमा पछिल्ला केही दिनदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । जसअनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको हो । मंगलबार भने छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य भने केही घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया