|
|
२०८२ बैशाख ३०
765 views
ललितपुर - काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा दुई हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । जुन सोमबारकोे तुलनामा २ हजारले घटी हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८०० थियो ।
्त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँ छ । सोमबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा खरिदविक्री भएको थियो ।

बिजनेस पाटी