२०८२ जेष्ठ १८

ललितपुर । आज साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । जसअनुसार आज सुन प्रतितोला ३०० रुपैयाँका दरले बढेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया