२०८२ असार १३

ललितपुर। आज साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
आज एकै दिन सुन तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी गरी आज चाँदीको मूल्य तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो । सो अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया