|
|
२०८२ जेष्ठ २५
561 views
ललितपुर - ललितपुर । पछिल्लो समय निरन्तर उकालो लागेको सुनको मूल्यमा आज भने भारी गिरावट आएको छ । आज साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला तीन हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्र भएको थियो ।

बिजनेस पाटी