सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १२
|
6.3k views

ललितपुर - ललितपुर। नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । आज लगातार चौथो दिन पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो भने बुधबार २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदी तोलामा २ हजार ९२० रुपैयाँ कायम भएकोमा बुधबार भने २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube