२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोवार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८

ललितपुर । आज साताको पहिलो दिन अर्थात् आइतबार, नेपाली बजार सुनको मूल्य सामान्य रुपले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीनसय रुपयाँका दरले घटेको छ ।

संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार पनि गत शुक्रबारकै मूल्यलाई आधार मानेर चाँदीको खरिद बिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया