२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यमा सामान्य गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४

ललितपुर । आव साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा एकैदिन ३ हजारका दरले बढेको सुन आइतबार भने सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोाल १ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने छापावाला सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । जसअनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा ६०० रुपैयाँले सुनको मुल्यमा गिरावट आएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया