२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १४

ललितपुर । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्यमा प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले बढेको हो । आज चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया