सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २५
|
969 views

ललितपुर - ललितपुर। आज नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube