२०८२ भाद्र १८ | Sep 03, 2025

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १७
|
51 views

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार बनाएको रेकर्डलाई तोड्दै आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनायो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा सुन प्रतितोला ६०० रुपैयाँ बढेको छ ।

आइतबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। शुक्रबार तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी, आज २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement