२०८२ बैशाख १९

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बिहीबारकै कायम भएको छ । आज विहीबारकै मूल्यलाई नै आधार मानेर सुनको कारोबार हुने भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन विहीबारकै मूल्य हो । गत बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया