सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २३
|
357 views

ललितपुर - काठमाडौँ । आज साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । साताभर उकालो लागेको सुनको मूल्य शुक्रबार भने स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube