सुनको मूल्य स्थिर, चाँदीमा केही बढ्यो, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ९
|
561 views

ललितपुर - ललितपुर । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर भएको छ । आज सुनको कारोबार आईतबारकै मूल्यलाई आधार मानेर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारकै मूल्य हो ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube