२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्य हालसम्मकै उच्च

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १८

काठमाडौं । नेपाली बजारमा केही दिन यता निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो । पछिल्ला तीन दिनदेखि निरन्तर रुपमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाउदै आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

आईतबारको बजारमा सुन प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया