|
|
२०८२ पुष २१
12.9k views
ललितपुर - ललितपुर । नेपाली बजारमा सोमबार एकै दिन सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीमा पनि १ सय ८५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ पुगेको छ । आइतबार भने सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतिताोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिदक्रिी भएको थियो ।

बिजनेस पाटी