सुनचाँदीको मूल्यमा गिरावट
बिजनेसपाटी सम्बाददाता,
काठमाडौँ ३ श्रावण
सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५८ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सयले घटेर प्रति तोला ५८ हजार ५ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन भने प्रति तोला ५८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी भने तोलामा ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचांदी व्यवसायी संघले आज सोमबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ कायम गरेको छ । संघले प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ९ सय ४० रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदीको मुल्य भने प्रति १० ग्रामको ७ सय ७१ रुपियाँ ५० पैसा कायम गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया