२०८२ भाद्र ६ | Aug 22, 2025

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १

ललितपुर । आज नेपाली बजारमा सुन र चाँदीको दुवैको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला ७०० रुपैयाँका दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य लगातार घटेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । आईतबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया