|
|
२०८२ आश्विन २६
29.7k views
ललितपुर - ललितपुर । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारि वृद्धि भएको छ । आज सुनको तोलामा ३ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्यले भने तोलामा ४० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । आईतबारको बजारमा चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा खरिदबिक्री भइहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो ।

बिजनेस पाटी