२०८२ भाद्र ६ | Aug 22, 2025

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ८

ललितपुर । आज साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँका दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५०रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया